प्रहरीले भन्यो ; बुढानीलकण्ठमा गोली चलाएर नियन्त्रणमा लिएका व्यक्ति सिक्री लुटेरा हुन्

हिमाल प्रेस १७ साउन २०८३ ९:०७ | Sunday, August 2, 2026
12
SHARES
प्रहरीले भन्यो ; बुढानीलकण्ठमा गोली चलाएर नियन्त्रणमा लिएका व्यक्ति सिक्री लुटेरा हुन्

काठमाडौँ- काठमाडौँको बुढानीलकण्ठमा गोली चलाएर नियन्त्रणमा लिएका व्यक्ति सिक्री लुटेरा रहेको प्रहरीले जनाएको छ। आज बिहान प्रहरीले गोली चलाएर एक व्यक्तिलाई नियन्त्रणमा लिएको थियो।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार बुढानीलकण्ठ नगरपालिका १३ चुनिखेलबाट सिक्री लुटपाट गरी फरार रहेका कर्मा तामाङलाई प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको हो।

गएराति १०:२५ बजे उनलाई पक्राउ गर्न खोज्दा साथमा रहेको खुकुरीले प्रहरीमाथि आक्रमण गर्ने प्रयास गरेपछि तीन राउन्ड गोली चलाउनुपरेको प्रहरीको भनाइ छ।

घाइते अवस्थामा नियन्त्रणमा लिइएका तामाङको साथबाट घटनामा प्रयोग भएको खुकुरीसमेत बरामद गरिएको छ।

उनको अहिले काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १७ साउन २०८३ ९:०७ | Sunday, August 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast