काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सर्वदलीय बैठक सम्पन्न भएपछि राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका छन्।
बुधबार मध्याह्न भएको भेटवार्तामा सभापति लामिछाने र राष्ट्रपति पौडेलबीच समसामयिक राजनीतिक घटनाक्रम तथा सुनसरी घटनाका विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।
यसअघि सभापति लामिछानेको आह्वानमा सुनसरी घटनाका विषयमा सर्वदलीय बैठक बसेको थियो। बैठकमा सहभागी ९ राजनीतिक दलले घटनाप्रति साझा धारणा सार्वजनिक गर्दै ७ बुँदे अपिल जारी गरेका थिए।
रास्वपाको सचिवालयका अनुसार सभापति लामिछानेले सर्वदलीय बैठकका निष्कर्ष, पछिल्लो राजनीतिक अवस्था तथा सुनसरी घटनाबारे राष्ट्रपतिलाई जानकारी गराएका हुन्।
प्रकाशित: १३ साउन २०८३ १२:५३ | Wednesday, July 29, 2026
प्रतिक्रिया


