मुग्लिन-नारायणगढ सडक खण्डमा सुख्खा पहिरो, पूर्णरूपमा अवरुद्ध

हिमाल प्रेस १२ साउन २०८३ ९:०६ | Tuesday, July 28, 2026
4
SHARES
मुग्लिन-नारायणगढ सडक खण्डमा सुख्खा पहिरो, पूर्णरूपमा अवरुद्ध

काठमाडौँ- मुग्लिन-नारायणगढ सडक खण्ड अन्तर्गत खहरे खोला नजिकै सुख्खा पहिरो खस्दा सडक यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।

आज मंगलबार बिहान ८:५० बजेको समयमा मुग्लिन नजिकै रहेको खहरे खोलामा अचानक सुख्खा पहिरो खसेपछि सडक दुईतर्फी नै ठप्प भएको हो। सडक अवरुद्ध भएपछि सो मार्ग भएर गुड्ने सयौँ सवारी साधन र हजारौँ यात्रुहरू बीच बाटोमै रोकिएका छन्।

अवरुद्ध सडक खुलाउनका लागि पहिरो पन्छाउने कार्य सुरु भइसकेको छ। सम्बन्धित निकायका अनुसार घटनास्थलमा आवश्यक मेशिन र जनशक्ति परिचालन गरिसकिएको छ।
पहिरो पन्छाउने काम तीव्र गतिमा भइरहेकाले अबको करिब १ घण्टा ३० मिनेटभित्र सडक पूर्ण रूपमा सफा गरी सवारी आवागमन सुचारु हुने जानकारी गराइएको छ। यात्रामा रहेका सर्वसाधारणलाई धैर्य गर्न र सडकको अवस्था बुझेर मात्र अघि बढ्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ।

 

प्रकाशित: १२ साउन २०८३ ९:०६ | Tuesday, July 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast