लामो संघर्षबाट ल्याइएको लोकतन्त्र अपहरित भएको छ : केपी ओली

हिमाल प्रेस ७ साउन २०८३ १६:२७ | Thursday, July 23, 2026
10
SHARES
लामो संघर्षबाट ल्याइएको लोकतन्त्र अपहरित भएको छ : केपी ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लामो संघर्ष र बलिदानबाट ल्याइएको लोकतन्त्र अपहरित भएको बताएका छन्।

४८औँ पुष्पलाल स्मृति दिवसका अवसरमा एमाले राजधानी प्रदेश कमिटीद्वारा आयोजित ‘संविधानको रक्षा, लोकतन्त्रको सुदृढीकरणमा संविधान निर्माता प्रमुख दलहरूको भूमिका र दायित्व’ विषयक प्रवचन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले लोकतन्त्र अपहरित भएको बताए।

उनले भने,‘नेपालको बलिदानपूर्ण लामो संघर्षबाट ल्याएको लोकतन्त्र अपहरित भएको छ। आज लोकतन्त्रको पुनः सुदृढीकरण होइन आपस लिनुपर्ने भएको छ। चुनावको आयोजन लोकतन्त्रको अभ्यास त होला तर त्यो चुनावको आयोजन कस्तो अवस्थामा के का लागि गरियो यो महत्त्वपूर्ण छ। चुनावले मात्र लोकतन्त्र हुँदैन।’

उनले धेरै देशमा चुनाव हुने गरेको तर लोकतन्त्र नहुने गरेको भन्दै हाम्रो देशमा पनि भदौ २३ र २४ को जनधनको क्षति गराउने, मार्ने, मराउने खालका घटना नेपालको इतिहासमै कल्पना गर्न नसकिने किसिमको भएको बताए।

प्रकाशित: ७ साउन २०८३ १६:२७ | Thursday, July 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast