काठमाडौँ- नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे र प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त भएका छन्।
मन्त्रिपरिषद्को असार २४ गतेको निर्णयअनुसार दुवै जनालाई अध्यक्षमा नियुक्त गरिएको हो।
नवनियुक्त अध्यक्षद्वयले सोमबार सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाबाट नियुक्तिपत्र ग्रहण गरेका छन्।
दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्ष घिमिरेले पद तथा गोपनीयताको शपथसमेत लिएका छन्।
नियक्तिपत्र प्रदान गर्नुहुँदै सञ्चारमन्त्री तिमिल्सिनाले प्रतिस्पर्धात्मक प्रक्रियाबाट छनोट भई जिम्मेवारीमा आएका दुवै संस्थाका नवनियुक्त अध्यक्षहरूलाई बधाई दिँदै परिणाममुखी काम गर्न निर्देशन दिए।
प्रकाशित: २९ असार २०८३ १९:२७ | Monday, July 13, 2026
प्रतिक्रिया



