डोल्पा बाढीमा घाइते महिलाको सेनाको हेलिकप्टरबाट उद्धार

हिमाल प्रेस २१ असार २०८३ १५:४७ | Sunday, July 5, 2026
12
SHARES
डोल्पा बाढीमा घाइते महिलाको सेनाको हेलिकप्टरबाट उद्धार

काठमाडौँ- डोल्पाको जगदुल्ला गाउँपालिका-५ गैरीगाउँस्थित धुलाखोला क्षेत्रमा आएको बाढीमा घाइते भएकी ४४ वर्षीया एक महिलाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।

नेपाली सेनाको सूचना तथा जनसम्पर्क निर्देशनालयका अनुसार घाइते महिलालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेतस्थित प्रादेशिक अस्पताल पुर्‍याइएको हो।

बाढी प्रभावित दुर्गम क्षेत्रमा उद्धार तथा राहत कार्यलाई तीव्रता दिँदै आवश्यक परेका नागरिकको सुरक्षित उद्धार र उपचारमा नेपाली सेना परिचालित रहेको निर्देशनालयले जनाएको छ।

प्रकाशित: २१ असार २०८३ १५:४७ | Sunday, July 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast