सुत्केरी र नवजात शिशुको नेपाली सेनाद्वारा हवाई उद्धार

हिमाल प्रेस ११ असार २०८३ १२:२० | Thursday, June 25, 2026
10
SHARES
सुत्केरी र नवजात शिशुको नेपाली सेनाद्वारा हवाई उद्धार

काठमाडौँ- महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालित राष्ट्रिय महिला सशक्तीकरण परियोजनाको हवाई उद्धार कार्यक्रममार्फत ओखलढुंगाकी एक महिला र नवजात शिशुको उद्धार गरिएको छ।

नेपाली सेनाको सूचना तथा जनसम्पर्क निर्देशनालयका अनुसार ओखलढुंगा जिल्लाको सुनकोशी गाउँपालिका–४ निवासी सुत्केरी र नवजात शिशुलाई थप उपचारका लागि असार १० गते नेपाली सेनाको हवाई साधनमार्फत काठमाडौँ ल्याइएको हो।

उनीहरूलाई आवश्यक विशेषज्ञ उपचारका लागि काठमाडौँस्थित कान्तिबाल अस्पतालमा भर्ना गरिएको सेनाले जनाएको छ।

दुर्गम क्षेत्रमा रहेका गर्भवती तथा सुत्केरी महिलाहरूलाई समयमै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सरकारले राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत हवाई उद्धार कार्यक्रम सञ्चालन गर्दै आएको छ।

उक्त कार्यक्रममार्फत जोखिममा परेका आमा तथा नवजात शिशुको उद्धार गरी उपचारमा सहजीकरण गरिँदै आएको छ।

प्रकाशित: ११ असार २०८३ १२:२० | Thursday, June 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast