तस्बिर : एएनआई
काठमाडौँ- दक्षिण दिल्लीको मालवीय नगरस्थित एक ‘बेड एन्ड ब्रेकफास्ट’ होटलमा बुधबार आगलागि हुँदा २१ जनाको मृत्यु भएको छ।
ज्यान गुमाउनेहरूमध्ये केही विदेशी नागरिक रहेका र उनीहरू मध्य एसिया तथा अफ्रिकाका रहेका अधिकारीहरूले बताएका छन्।
यसअघि अधिकारीहरूले ‘लेमन ग्रीन रेस्टुरेन्ट’ बाट आगलागी सुरू भएको बताएका थिए। तर, पछि प्रहरीले आगलागी मालवीय नगर क्षेत्रको हौज रानीस्थित ‘फ्लोरिस स्टे बी एन्ड बी’ मा भएको जनाएको छ।
आगलागीमा परेका ४० भन्दा बढी व्यक्तिहरूलाई उद्धार गरी अस्पताल पुर्याइएको थियो। अस्पतालले २१ जनालाई मृत घोषित गरेको थियो। केही घाइतेहरूको अवस्था गम्भीर रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने आशंका गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
प्रकाशित: २० जेठ २०८३ १६:३८ | Wednesday, June 3, 2026
प्रतिक्रिया




