चितवनमा विद्युतीय कारमा आगलागी हुँदा चालकको मृत्यु

हिमाल प्रेस २६ भदौ २०८३ ८:२७ | Friday, September 11, 2026
चितवनमा विद्युतीय कारमा आगलागी हुँदा चालकको मृत्यु

चितवन- भरतपुर महानगरपालिका-९ पूर्व-पश्चिम राजमार्गमा विद्युतीय कारमा आगलागी हुँदा त्यसका चालकको मृत्यु भएको छ।

शरीर जलेका कारण मृतकको सनाखत हुन सकेको छैन।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार आज बिहान बा.प्र.०१-०३० च ५५७९ नम्बरको इभीमा आगो लागेको हो।

दमकलको सहायताले आगो निभाइएको थियो। कार पूर्ण रूपमा जलेको छ।

प्रकाशित: २६ भदौ २०८३ ८:२७ | Friday, September 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast