काठमाडौँ- ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ दोभानमा भीषण आगलागी हुँदा करिब १० घर जलेका छन्।
आगलागी नियन्त्रणका लागि सशस्त्र प्रहरी बल नेपाल नं. १ कञ्चनजंगा गुल्मबाट सुरक्षाकर्मी परिचालन गरिएको छ।
करिब ५० घरधुरी रहेको बाक्लो बस्तीमा आगलागी भएको हो। आगलागीको कारण भने अहिलेसम्म यकिन हुन सकेको छैन।
सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले आगलागी नियन्त्रणका लागि सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए।
प्रकाशित: ८ असोज २०८३ १५:०१ | Thursday, September 24, 2026
प्रतिक्रिया


