काठमाडौँ- नेकपा एमालेका नेता गोकुल बास्कोटाले मुलुकमा फेरि अर्को राजनीतिक भूकम्प जान लागेको बताएका छन्। उनले इतिहासका कुरा उठाउँदै बीपी कोइरालाले र केपी शर्मा ओलीले सत्ता गुमाएको कुरा भनेका छन्। ०१७ सालमा बहुमत प्राप्त बीपी सरकार अपदस्त भएको थियो भने यसअघि ओली सरकार पनि पूरा चल्न सकेको थिए।
बास्कोटाले पार्टीभित्रको आन्तरिक सत्ता सुरक्षा भन्दै रास्वपाभित्र पनि कित्ताकाट सुरु भएको संकेत गरेका छन्। ‘पार्टीहरु तिनका आन्तरिक सत्ता सुरक्षाका दरिद्र चिन्तनका दुष्चक्रको गोलचक्करमा फसिरहदा फेरि पनि तिनीहरु उल्टो गतिका निरिह साक्षी हुने छन,जसरी 0५९ देखि ०८९ सम्म भईरहे।’ उनले भनेका छन्। उनले सामाजिक सन्जालमार्फत बालेन शाह नेतृत्वको सरकार पनि आन्तरिक किचलोकै कारण विभाजित हुने संकेत गरेका छन्।
प्रकाशित: ७ जेठ २०८३ ७:४१ | Thursday, May 21, 2026
प्रतिक्रिया




