काठमाडौँ- नेकपा एमालेका नेता गोकुल बास्कोटाले सरकारले संविधान संशोधन गर्ने तयारी गरिरहँदा संघीयता रहन्छ कि रहन्न भन्ने प्रश्न गरेका छन्। उनले सामाजिक सन्जालमार्फत उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउनु पर्ने तर्क राखेका छन्। सामाजिक सञ्जालमा लेख्दै नेता बास्कोटाले जिल्ला समन्वय समिति (जिसस) अनावश्यक भएको र पालिका तथा केन्द्रका बारे मात्रै संशोधन जरुरी भएको बताएका छन् ।
उनले भनेका छन्, ‘पहिला रास्वपा संघीयता खारेज गर्ने भन्थ्यो, अब संविधान संशोधन गर्छ कि गर्दैन? गर्ने हो भने केन्द्र र पालिका मात्र होस् ।’ उनले राष्ट्रिय सभा १०५ सिटको हुनुपर्ने र पूर्ण समावेसी हुनु पर्ने बताएका छन् । भनेका छन्, ‘महिला–पुरुष ५०–५० प्रतिशत, उपराष्ट्रपति नै सभाध्यक्ष हुने व्यवस्था होस्।’
उनले प्रतिनिधिसभाको समानुपातिक सिट खारेज गरेर प्रत्यक्षमा महिला पुरुष ६०–४० प्रतिशत अनिवार्य बनाउनु पर्ने तर्क गरेका छन्।




