प्रेस काउन्सिल अध्यक्ष र गोरखापत्रको महाप्रबन्धकका लागि पनि खुल्यो दरखास्त

हिमाल प्रेस ७ जेठ २०८३ ७:२२ | Thursday, May 21, 2026
14
SHARES
प्रेस काउन्सिल अध्यक्ष र गोरखापत्रको महाप्रबन्धकका लागि पनि खुल्यो दरखास्त

काठमाडौँ- प्रेस काउन्सिल नेपाल र सार्वजनिक सेवा प्रसारण (पीएसबी) नेपालको अध्यक्षका लागि दरखास्त आह्वान भएको छ । सूचना तथा सञ्चार मन्त्रालयले बिहीबार दरखास्त आह्वान गरेको हो ।

यसैगरी गोरखापत्रको महाप्रबन्धकका लागि पनि दरखास्त आह्वान भएको छ । तीनवटै पदका लागि १८ जेठसम्म आवेदन दिन सकिनेछ । दरखास्तसम्बन्धी थप विवरण मन्त्रालयको बेवसाइटमा हेर्न सकिन्छ ।

सरकारले अध्यादेश ल्याएर पदाधिकारीहरूलाई पदमुक्त गरेपछि प्रेस काउन्सिल र पीएसबी नेतृत्वविहीन भएका थिए । गोरखापत्रको महाप्रबन्धकबाट भने लालबहादुर ऐरी कार्यकाल पूरा गरी बिदा भएका थिए ।

 

प्रकाशित: ७ जेठ २०८३ ७:२२ | Thursday, May 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast