पाकिस्तानी गृहमन्त्री नकवी अचानक पुगे तेहरान

हिमाल प्रेस २ जेठ २०८३ २०:११ | Saturday, May 16, 2026
10
SHARES
पाकिस्तानी गृहमन्त्री नकवी अचानक पुगे तेहरान पाकिस्तानका गृहमन्त्री मोहसिन नकवी। तस्बिर : एपी/रासस

काठमाडौँ- पाकिस्तानका गृहमन्त्री मोहसिन नकवी पूर्वसूचना बिना नै तेहरान पुगेका छन्। इरानी समाचार संस्था आईआरएनएका अनुसार मोहसिन नकवी केही घण्टा अघि तेहरान पुगेका हुन्। उनले इरानका केही अधिकारीहरूसँग भेटवार्ता गर्नेछन्।

इरान र अमेरिकाबीच जारी युद्धविराममा पाकिस्तान मध्यस्थकर्ताको भूमिकामा छ। उसले शान्ति वार्ताका लागि वरिष्ठ इरानी र अमेरिकी अधिकारीहरूको एक पटक आतिथ्यसमेत गरेको थियो।

यद्यपि यो शान्ति वार्ता अहिलेसम्म कुनै निष्कर्षमा पुग्न सकेको छैन। इरान र अमेरिकाबीच बढ्दो मतभेदका कारण यी वार्ताको दोस्रो चरण आयोजना हुन सकेको छैन।

पाकिस्तानका गृहमन्त्रीले एक महिनाअघि इरानका सेना प्रमुख असिम मुनिरसँगै इरानको भ्रमण गरेका थिए।

प्रकाशित: २ जेठ २०८३ २०:११ | Saturday, May 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast