प्रतिनिधिसभाका सचिव राई पदमुक्त 

हिमाल प्रेस २९ वैशाख २०८३ १८:१० | Tuesday, May 12, 2026
10
SHARES
प्रतिनिधिसभाका सचिव राई पदमुक्त 

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख डोलप्रसाद अर्यालको सिफारिसमा प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई पदबाट हटाएका छन्।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले आज (मंगलबार) एक विज्ञप्ति जारी गरी राईलाई सचिवको पदबाट हटाइएको बताएका हुन्।

राष्ट्रपतिले यही वैशाख २८ मा सभामुखले गरेको सिफारिसअनुसार सङ्घीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (ङ) बमोजिम उनलाई पदबाट हटाएको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २९ वैशाख २०८३ १८:१० | Tuesday, May 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast