बालेन सरकारको औचित्य छैन : हर्कराज राई

हिमाल प्रेस २८ वैशाख २०८३ १५:२२ | Monday, May 11, 2026
32
SHARES
बालेन सरकारको औचित्य छैन : हर्कराज राई

काठमाडौँ- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले नागरिकको अधिकार हनन गर्ने वालेन्द्र शाह (बालेन) सरकारको औचित्य हुन नसक्ने बताएका छन्। साम्पाङले प्रतिनिधिसभा बैठकमा सोमबार भूमिहीन सुकुम्बासीमाथि डोजर चलाएर सरकारले नागरिकको अधिकार हनन गरेको भन्दै संविधान र नागरिकको अधिकार उलंघन गर्ने सरकारको कुनै औचित्य नहुने बताएका हुन्।

सरकारले आफैँ विधि मिचेर अध्यादेश ल्याएको भन्दै उनले आपत्ति जनाए। उनले संसद छल्नु भनेको जनमत नमान्नु भएको बताउँदै सरकारले लोकतन्त्र कमजोर बनाउने काम गरेको आरोप लगाए।

यसैगरी साम्पाङले सीमा विवादबारे सरकारले ठोस कदम चाल्न नसकेकोप्रति आपत्ति जनाए।

प्रकाशित: २८ वैशाख २०८३ १५:२२ | Monday, May 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast