काठमाडौँ- श्रम संस्कृति पार्टीले देशको सुरक्षा, राष्ट्रियता र सरकारको कार्यशैलीप्रति आपत्ति जनाएको छ । प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसद हर्कराज साम्पाङले देशमा नेपाली सेनाबाहेक अन्य कुनै पनि सेनाको अस्तित्व स्वीकार्य नहुने बताए ।
सांसद राईले पछिल्लो समय विभिन्न नाममा सेना गठन गर्ने र सरकारले उनीहरूसँग वार्ता गर्ने परिपाटीप्रति आपत्ति जनाए । सुनसरी र मधेसका घटनाका सन्दर्भमा चर्चामा आएको हिन्दु सम्राट् सेना प्रति लक्षित गर्दै उनले भने, ‘नेपालमा एउटै मात्र सेना छ, त्यो हो नेपाली सेना। यो ठाउँ–ठाउँमा सेना गठन गर्ने छुट कसले दियो? यस्ता समूहसँग सरकारले वार्ता गर्नु हुँदैन, बरु उनीहरूलाई निषेध गर्नुपर्छ।’
सांसद राईले २०८३ साल साउन ५ गते आफू जनकपुर जाँदा एक समूहले निषेध गर्ने कोसिस गरेको र आफ्ना सहयोगीहरूमाथि कुटपिट भएको घटना संसदमा सुनाए । ‘एउटा सांसदलाई आफ्नै देशमा निर्बाध रूपमा हिँडडुल गर्न पाउने अधिकार छैन रु यो कस्तो कानुनी राज्य हो कि जङ्गली राज्य रु मैले गृहमन्त्रीलाई व्यक्तिगत रूपमा फोन गरेर कारबाहीको माग गरेको छु, तर कारबाही भयो कि भएन रु,’ राईले भने ।
सांसद राईले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा नेपालले पनि भारतको भूमि मिचेको छ भनी दिएको अभिव्यक्ति अझै पनि संसदको रेकर्डबाट नहटाइएकोमा असन्तुष्टि व्यक्त गरे । ‘के प्रधानमन्त्रीलाई अझै पनि नेपालले भारतको भूमि मिचेको छ जस्तो लाग्छ रु यो अभिव्यक्ति तुरुन्तै सच्याइनुपर्छ,’ राईले भने ।
सांसद राईले सरकार कुनै पनि घटना घटेपछि मात्र तात्ने गरेको तर घटना हुनु अगावै सचेत नभएको आरोप लगाए ।


