एसईई नतिजा अन्तिम चरणमा, यही महिनाभित्र सार्वजनिक हुने

हिमाल प्रेस २७ वैशाख २०८३ १०:०८ | Sunday, May 10, 2026
10
SHARES
एसईई नतिजा अन्तिम चरणमा, यही महिनाभित्र सार्वजनिक हुने

काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।

सरकारले एसईई सम्पन्न भएको एक महिनाभित्र नतिजा सार्वजनिक गर्न निर्देशन दिएको थियो। त्यसअनुसार बोर्डले नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुर्‍याएको जनाएको हो।

परीक्षा नियन्त्रक टुकराज अधिकारीले परीक्षाफल तयारीको अधिकांश काम सकिएको बताउँदै केही छुटपुट विषय अध्ययन तथा मिलानको काम भइरहेको जानकारी दिए।

आइतबार हिमालप्रेससँग उनले भने,‘अन्तिम चरणमा पुगेका छौं। केही छुटपुट विषय अध्ययन गरिरहेका छौं। यही महिनाभित्र नतिजा सार्वजनिक गर्छौं।’

यस वर्ष एसईईमा कुल ५ लाख १२ हजार ४ सय २१ विद्यार्थी सहभागी थिए। गत चैत १९ देखि २९ गतेसम्म एसईई भएको थियो।

प्रकाशित: २७ वैशाख २०८३ १०:०८ | Sunday, May 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast