सुदूरपश्चिमका सांसदसँग एमाले अध्यक्ष ओलीले गुन्डु छलफल गर्दै

हिमाल प्रेस २३ वैशाख २०८३ ८:१५ | Wednesday, May 6, 2026
18
SHARES
सुदूरपश्चिमका सांसदसँग एमाले अध्यक्ष ओलीले गुन्डु छलफल गर्दै

काठमाडौँ- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशका सबै एमाले सांसदहरूलाई छलफलका लागि गुन्डु डाकेका छन्। अध्यक्ष ओलीले सुदूरपश्चिमका ११ सांसदहरूसँग आज ११ बजे गुन्डुमा छलफल गर्ने भएका हुन्।

प्रदेशका केही सांसदहरूले संसदीय दलको नेता परिवर्तनको विषय लिएर केही समयअघि अध्यक्ष ओलीलाई भेटेका थिए। ओलीले त्यस विषयमा सामूहिक छलफलपछि मात्रै अगाडि बढ्नुपर्ने ओलीको संकेत छ। आज ११ बजे संसदीय दलको नेताको विषयमा छलफल हुने एमालेका एक सांसदले जानकारी दिए।

ओलीले आवश्यक ठानेको अवस्थामा दलको नेता फेर्न सक्नेछन्, तर त्यसपछि कसलाई बनाउने भन्ने विषयमा भने सबै सांसदहरू एकमत छैनन्। उपनेता रहेकी सन्तोष शर्मा थापा आफू दलको नेता बन्नुपर्ने बताउँछिन् । उता प्रमुख सचेतक चक्र मल्ल पनि दलको नेताको दौडमा छन्।

सामाजिक विकास समितिका सभापति धर्म पाठक र भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्र पाल पनि नेतृत्वले जिम्मेवारी दिएको अवस्थामा दलको नेता बन्न पछि नपर्ने बताउँछन्। अहिले सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्री छन्। केही सांसदहरूले कार्यकालको अन्तिम समयतिर रहेको भन्दै यसपटक मन्त्री हेरफेर गर्नुपर्ने विषय पनि उठाइरहेका छन्।

११ बजे गुन्डुमा बोलाइएका प्रदेश सांसदहरू सबै काठमाडौँ आइपुगेका छन्।

प्रकाशित: २३ वैशाख २०८३ ८:१५ | Wednesday, May 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast