कहाँ कहाँ पर्छ आज भारी वर्षा?

हिमाल प्रेस २१ वैशाख २०८३ ६:३६ | Monday, May 4, 2026
20
SHARES
कहाँ कहाँ पर्छ आज भारी वर्षा?

काठमाडौँ- जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षा हुने प्रक्षेपण गरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मुलुकभर साधारणतया बादल लाग्ने र धेरैजसो क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना छ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्। लुम्बिनी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा असिनासहितको वर्षा र हिमपात हुने देखिएको छ। तराईका केही क्षेत्रमा भने तीव्र गतिको हावाहुरी चल्ने अनुमान गरिएको छ।

आज राति पनि मौसममा सुधार हुने देखिँदैन। देशभर बादल लाग्ने क्रम जारी रहने र गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा हुने महाशाखाले जनाएको छ। रातिको समयमा लुम्बिनी प्रदेशका एकदुई स्थानमा समेत भारी वर्षाको सम्भावना रहेको छ।

हावाहुरी, चट्याङ र भारी वर्षाले दैनिक जनजीवन तथा यातायातमा असर पार्न सक्ने भएकाले विभागले आवश्यक सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ। पहाडी तथा हिमाली भेगमा हिमपात र तराईमा हावाहुरीको जोखिम रहेकाले सुरक्षित रहन सुझाव दिइएको छ।

 

प्रकाशित: २१ वैशाख २०८३ ६:३६ | Monday, May 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast