फिल्म ‘लालीबजार’ विवादमा, चलचित्र निर्माता संघको ध्यानाकर्षण

हिमाल प्रेस १५ वैशाख २०८३ ८:०० | Tuesday, April 28, 2026
4
SHARES
फिल्म ‘लालीबजार’ विवादमा, चलचित्र निर्माता संघको ध्यानाकर्षण

काठमाडौँ- फिल्म ‘लालीबजार’ प्रदर्शनको पूर्वसन्ध्यामा कानुनी विवादमा तानिएपछि नेपाल चलचित्र निर्माता संघले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ। फिल्मलाई लिएर अदालतमा रिट परेपछि संघले एक प्रेस विज्ञप्ति जारी गर्दै निर्माताको लगानी र सिर्जनात्मक स्वतन्त्रताको रक्षाका लागि अपिल गरेको हो।

नेपाल चलचित्र निर्माता संघका अध्यक्ष उदय कुमार ईङ्नामद्वारा मंगलबार जारी विज्ञप्तिमा चलचित्र केवल मनोरञ्जनको साधन मात्र नभई विचार र अभिव्यक्तिको स्वतन्त्रताको सशक्त माध्यम भएको उल्लेख गरिएको छ।

करोडौँ रुपैयाँको लगानी र सयौँ प्राविधिक तथा कलाकारहरूको वर्षौँको मेहनतबाट निर्माण भएको चलचित्रलाई प्रदर्शनको अन्तिम तयारीमा रहँदा अवरोध सिर्जना हुनुले समग्र उद्योगलाई नै सशंकित बनाएको संघको ठहर छ।

राज्यको वैधानिक निकाय ‘चलचित्र जाँचपास समिति’ ले प्रदर्शनका लागि अनुमति दिइसकेको अवस्थामा अदालतमा रिट दर्ता हुनुले स्वतन्त्र लगानीकर्ता र सर्जकको मनोबल कमजोर पार्ने विज्ञप्तिमा जनाइएको छ। ‘प्रदर्शनको मुखमा आएर चलचित्रलाई रोक्ने वा प्रभावित पार्ने मनसायले रिटको प्रक्रिया सुरु हुनुले लगानीकर्ताको आत्मबल कमजोर बनाउने र सिर्जनशीलतालाई कुण्ठित गर्ने जोखिम रहन्छ,’ विज्ञप्तिमा भनिएको छ। संघले विधिको शासन र न्यायपालिकाप्रति पूर्ण निष्ठा व्यक्त गर्दै सिर्जनामाथिको बन्देज वा अवरोध हुने प्रवृत्तिको अन्त्य हुनुपर्ने माग गरेको छ।

प्रकाशित: १५ वैशाख २०८३ ८:०० | Tuesday, April 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast