अदालतले रोक्यो ‘लालीबजार’को प्रदर्शन

हिमाल प्रेस १५ वैशाख २०८३ १५:४५ | Tuesday, April 28, 2026
20
SHARES
अदालतले रोक्यो ‘लालीबजार’को प्रदर्शन

काठमाडौँ- उच्च अदालत पाटनले फिल्म ‘लालीबजार’को प्रदर्शनमा रोक लगाएको छ। न्यायाधीश प्रकाश ढुंगानाको इजलासले मंगलबार आगामी वैशाख २२ गतेसम्म फिल्म प्रदर्शनमा रोक लगाएको हो।

चलचित्र वादी समुदायसँग सम्बन्धित छ। त्यसमा वादी समुदायको आत्मसम्मानमा आघात पुग्ने, साम्प्रदायिक दुर्भावना फैलाउने जस्ता शब्द–चित्रहरू भएको भन्दै फिल्मविरुद्ध रोशनी नेपालीले रिट दयर गरेकी थिइन्।

अदालतले दुवै पक्षलाई छलफलमा बोलाउँदै वैशाख २२ गतेका लागि पेसी तोकेको छ।

फिल्म वैशाख १८ गतेदेखि प्रदर्शनको तयारीमा थियो।

प्रकाशित: १५ वैशाख २०८३ १५:४५ | Tuesday, April 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast