काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार भेटवार्ता गरेका छन्।
सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटमा नेपाल चीनबीच शिक्षा, विज्ञान तथा प्रविधिको क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको हो।
भेटवार्तामा चीन सरकारबाट नेपाललाई प्रदान हुँदै आएको सहयोग, विशेषगरी विद्यालयको भौतिक पूर्वाधार विकास, पठनपाठनमा डिजिटल प्रणालीको प्रवर्द्धन तथा संस्थागत सुदृढीकरणका विषयमा कुराकानी भएको मन्त्रालयले जनाएको छ।
दुवै पक्षले समसामयिक शैक्षिक मुद्दा तथा प्रविधिमैत्री शिक्षाको विकासका लागि आपसी सहकार्यलाई थप सुदृढ बनाउने विषयमा सहमति जनाएका छन्।
प्रकाशित: १४ वैशाख २०८३ १२:३४ | Monday, April 27, 2026
प्रतिक्रिया




