कक्षा १२ का विद्यार्थीलाई मन्त्री सीता बादीले भनिन्- अंक प्राप्त गर्ने माध्यम मात्र होइन आत्मविश्वासको परीक्षण पनि हो

हिमाल प्रेस १४ वैशाख २०८३ १०:४० | Monday, April 27, 2026
16
SHARES
कक्षा १२ का विद्यार्थीलाई मन्त्री सीता बादीले भनिन्- अंक प्राप्त गर्ने माध्यम मात्र होइन आत्मविश्वासको परीक्षण पनि हो

काठमाडौँ- महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता बादीले कक्षा १२ का विद्यार्थीहरूलाई वार्षिक परीक्षाको अवसरमा शुभकामना व्यक्त गरेकी छन्। आजदेखि सुरु भएको परीक्षालाई लक्षित गर्दै उनले विद्यार्थीहरूलाई आत्मविश्वासका साथ शान्त मनले परीक्षा दिन आग्रह गरिन्।

मन्त्री बादीले परीक्षा अंक प्राप्त गर्ने माध्यम मात्र नभई मेहनत, धैर्य, अनुशासन र आत्मविश्वासको परीक्षणसमेत भएको बताइन्। ‘यहाँसम्म आइपुग्न तपाईंहरूले गरेको संघर्ष, लगन र समर्पण नै तपाईंहरूको सबैभन्दा ठूलो शक्ति हो,’ उनले भनिन्।

उनले विद्यार्थीहरूलाई कुनै डर वा दबाब बिना परीक्षा दिन आग्रह गर्दै अंकलाई जीवनको अन्तिम सत्य नमान्न सुझाव दिइन्। ‘प्रयास कहिल्यै खेर जाँदैन, प्रत्येक प्रयासले तपाईंलाई अझ बलियो, परिपक्व र सक्षम बनाउँछ,’ मन्त्री बादीले सामाजिक सञ्जालमा उल्लेख गरिन्।

प्रकाशित: १४ वैशाख २०८३ १०:४० | Monday, April 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast