मौलिक अधिकार शिक्षा व्यवहारमा सबैले प्राप्त गर्नुपर्छ : सांसद मिकरानी

हिमाल प्रेस २४ चैत २०८२ १५:५२ | Tuesday, April 7, 2026
6
SHARES
मौलिक अधिकार शिक्षा व्यवहारमा सबैले प्राप्त गर्नुपर्छ : सांसद मिकरानी

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद गजला समिम मिकरानीले मौलिक अधिकार शिक्षा व्यवहारमा सबैले प्राप्त गर्न सक्नुपर्ने बताएकी छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन्।

उनले भनिन्, ‘शिक्षा मौलिक अधिकार हो। तर,मधेश र ग्रामिण भेगमा शिक्षाको गुणस्तर कमजोर छ। मुस्लिम समुदाय अझ पछाडि छ।’

नेपालको संविधानको धारा ३१ मा शिक्षासम्बन्धी हकको व्यवस्था छ।

दृष्टिविहीन नागरिकलाई ब्रेललिपि तथा बहिरा र स्वर वा बोलाइसम्बन्धी अपांगता भएका नागरिकलाई सांकेतिक भाषाको माध्यमबाट कानून बमोजिम नि:शुल्क शिक्षा पाउने हक हुने संवैधानिक व्यवस्था छ।

नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई कानुन बमोजिम आफ्नो मातृभाषामा शिक्षा पाउने र त्यसका लागि विद्यालय तथा शैक्षिक संस्था खोल्ने र सञ्चालन गर्ने हक हुने व्यवस्था छ ।

प्रकाशित: २४ चैत २०८२ १५:५२ | Tuesday, April 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast