विद्यालयको भौतिक विवरण अद्यावधिक गर्न केन्द्रको पुनः ताकेता

हिमाल प्रेस २० चैत २०८२ १३:३० | Friday, April 3, 2026
34
SHARES
विद्यालयको भौतिक विवरण अद्यावधिक गर्न केन्द्रको पुनः ताकेता

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालयको भौतिक अवस्थाको विवरण एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणालीमा अद्यावधिक गर्न पुनः ताकेता गरेको छ।

केन्द्रले २०८२ साउन १५ गते सबै सामुदायिक विद्यालयलाई भौतिक पूर्वाधार गुरुयोजना निर्माणका लागि आवश्यक विवरण प्रणालीमा प्रविष्ट गर्न पत्राचार गरेको थियो।

सो अनुरोधअनुसार अधिकांश विद्यालयले विवरण अद्यावधिक गरे पनि केही विद्यालयले अझै विवरण नपठाएको पाइएको छ।

त्यसैलाई ध्यानमा राख्दै केन्द्रले बाँकी रहेका तथा सच्याउन वा थप गर्नुपर्ने विवरणहरू चैत मसान्तभित्र अनिवार्य रूपमा अद्यावधिक गर्न आग्रह गरेको छ।

विद्यालयको भौतिक पूर्वाधार गुरुयोजना निर्माण तथा आगामी योजनाहरूका लागि अद्यावधिक विवरण आवश्यक हुने भएकाले यो कार्य समयमै सम्पन्न गर्न निर्देशन दिइएको हो।

केन्द्रले भौतिक विवरण भर्न बाँकी रहेका विद्यालयको सूची अनुसूची-१ मा र अद्यावधिक गर्नुपर्ने विद्यालयको सूची अनुसूची-२ मा संलग्न गरिएको जनाएको छ।

सबै स्थानीय तहलाई उक्त कार्यमा आवश्यक सहयोग, सहजीकरण, रुजु तथा सत्यापन गर्न अनुरोध गरिएको छ भने शिक्षा विकास तथा समन्वय इकाइहरूलाई पनि समन्वय गर्न भनिएको छ।

प्रकाशित: २० चैत २०८२ १३:३० | Friday, April 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast