केपी ओली टिचिङको बेड नम्बर २७ मा

हिमाल प्रेस १४ चैत २०८२ ९:३८ | Saturday, March 28, 2026
22
SHARES
केपी ओली टिचिङको बेड नम्बर २७ मा फाइल तस्बिर

काठमाडौँ- पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई त्रिवि शिक्षण अस्पतालको बेड नम्बर २७ मा राखिएको छ । त्रिवि शिक्षण अस्पतालको ‘रेड जोन एरिया’को उक्त बेडमा राखिएको हो ।

बिहानै पक्राउ परेका ओलीलाई काठमाडौं प्रहरी परिसर भद्रकाली पुर्‍याइएलगत्तै स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको हो ।

ओलीको स्वास्थ्यमा लामो समयदेखि समस्या रहेको छ । सोहीकारण उनलाई तत्काल नै अस्पताल लगिएको हो । अहिले अस्पतालको ‘रेड जोन एरिया’मा राखिएको छ । यस्तो जोनमा विशेष र जटिल प्रकारका विरामीलाई राख्ने गरिन्छ । अस्पताले ग्रिन, यल्लो र रेड गरी तीनथरी बेडहरूको व्यवस्था गरेको हुन्छ ।

ओलीले दोस्रोपटक मृगौला प्रत्यारोपण त्रिवि शिक्षण अस्पतालमै गर्नुभएको थियो।

प्रकाशित: १४ चैत २०८२ ९:३८ | Saturday, March 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast