एमाले अध्यक्ष ओलीले दिए प्रधानमन्त्री शाहलाई बधाई

हिमाल प्रेस १३ चैत २०८२ १४:१२ | Friday, March 27, 2026
26
SHARES
एमाले अध्यक्ष ओलीले दिए प्रधानमन्त्री शाहलाई बधाई

काठमाडौँ- निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई तथा शुभकामना दिएका छन्।

प्रधानमन्त्री शाहले आज पद तथा गोपनीयताको शपथ लिएपछि अध्यक्ष ओलीले सामाजिक सञ्जालबाट बधाई तथा शुभकामना दिएका हुन्।

ओलीले सञ्जालमा लेखेका छन्, ‘राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त हुनु भएकोमा हार्दिक बधाई। नवनियुक्त सम्माननीय प्रधानमन्त्री शाहलगायत मन्त्रिपरिषद्का सबै सदस्यको कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछु।’

प्रकाशित: १३ चैत २०८२ १४:१२ | Friday, March 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast