मानव स्रोत विकास केन्द्रले दियो विद्यालयलाई यस्तो निर्देशन

हिमाल प्रेस १२ चैत २०८२ ११:३० | Thursday, March 26, 2026
28
SHARES
मानव स्रोत विकास केन्द्रले दियो विद्यालयलाई यस्तो निर्देशन

भक्तपुर- शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालय भौतिक पूर्वाधार निर्माणसम्बन्धी डिजाइन ड्रइङ प्रयोगबारे स्थानीय तहलाई निर्देशन दिएको छ।

केन्द्रअन्तर्गतको विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखा सानोठिमीले बिहीबार जारी गरेको पत्रअनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन भइरहेको विद्यालय भौतिक निर्माण कार्यक्रमअन्तर्गत डिजाइन प्रयोगबारे स्थानीय तहबाट आएका जिज्ञासामा यस्तो निर्देशन दिइएको हो।

पत्रमा उल्लेख गरिएअनुसार स्वीकृत गुरुयोजना अनुसार हिमालमा ३००, पहाडमा ७०० र तराईमा १५०० विद्यार्थी क्षमता भएका विद्यालयमा भौतिक पूर्वाधार निर्माण गरिँदैछ। यस क्रममा केन्द्रबाट तयार गरिएको डिजाइन ड्रइङ प्रयोग गर्न सकिनेछ।

यद्यपि आवश्यक परेमा केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (शिक्षा) बाट प्रयोगमा ल्याइएको डिजाइन वा स्थानीय तहले कानुनअनुसार गुणस्तरीय, परिमाणयुक्त, विपद् प्रतिरोधी तथा विद्यार्थीमैत्री पूर्वाधार सुनिश्चित हुने गरी स्वीकृत गरेको वैकल्पिक डिजाइनसमेत प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ।

प्रकाशित: १२ चैत २०८२ ११:३० | Thursday, March 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast