सदनमा एमसीसी खारेजसहितका प्रस्ताव लैजाँदै हर्क साम्पाङ

हिमाल प्रेस १० चैत २०८२ ८:२० | Tuesday, March 24, 2026
14
SHARES
सदनमा एमसीसी खारेजसहितका प्रस्ताव लैजाँदै हर्क साम्पाङ

काठमाडौँ- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेजको प्रस्ताव अघि सारेका छन्।

उनले सामाजिक सञ्जालमार्फत विशेष गरी राष्ट्रिय स्वाधीनता, व्यावहारिक शिक्षा र स्थानीय स्तरको आत्मनिर्भरतालाई मुख्य प्राथमिकतामा राख्ने स्पष्ट पारेका छन्।

उनले राजनीतिक मार्गचित्रमा एमसीसीजस्ता वैदेशिक सहायता परियोजनाको खारेजी र वैदेशिक हस्तक्षेपमुक्त नीतिको वकालत गरेका छन्।

शिक्षा क्षेत्रमा सैद्धान्तिक ज्ञानभन्दा पनि तात्त्विक र जीवनोपयोगी परिवर्तन आवश्यक रहेको उनको ठहर छ। यसका साथै, सीमावर्ती क्षेत्रको सुरक्षा र त्यहाँका नागरिकको जीवनस्तर सुधार्न केन्द्रित विकासका कार्यक्रमहरूलाई उनले विशेष महत्त्व दिने उल्लेख गरेका छन्।

उनले लेखेका छन्, ‘पहिलो सदनमा हाम्रो प्रस्ताव एमसीसी खारेज, शिक्षामा तात्त्विक परिवर्तन, सीमा रक्षा र सीमावर्ती क्षेत्रमा केन्द्रित विकास,आर्थिक विकास र एक पालिका एक उद्योग आदि।’

आर्थिक समृद्धिका लागि प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा उद्योग स्थापना गर्ने अवधारणाले स्वदेशमै रोजगारी सिर्जना गर्ने र आयातमा भर पर्नुपर्ने अवस्थाको अन्त्य गर्ने संकेतका रूपमा श्रम संस्कृति पार्टीले आफ्नो उपस्थितिलाई बलियो बनाउन खोजेको देखिन्छ।

प्रकाशित: १० चैत २०८२ ८:२० | Tuesday, March 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast