विद्यालयलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रको यस्तो निर्देशन

हिमाल प्रेस ८ चैत २०८२ १४:११ | Sunday, March 22, 2026
338
SHARES
विद्यालयलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रको यस्तो निर्देशन

भक्तपुर- शिक्षा तथा मानव स्रोत विकास केन्द्रले वार्षिक परीक्षा नसकिँदै केही निजी विद्यालयले भर्ना प्रक्रिया सुरु गरेको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

केन्द्रले बिहीबार एक सूचना जारी गर्दै प्रचलित कानुनी व्यवस्था अनुसार विद्यालयले वार्षिक परीक्षा सञ्चालन गरी नतिजा प्रकाशित भएपछि मात्र नयाँ शैक्षिक सत्र २०८३ का लागि भर्ना कार्यक्रम सञ्चालन गर्नुपर्ने बताएको छ।

हाल विभिन्न सञ्चारमाध्यममा वार्षिक परीक्षा नसकिँदै निजी विद्यालयमा भर्ना सुरु भन्ने आशयका समाचार प्रकाशित भएपछि यस विषयमा केन्द्रले निर्देशन जारी गरेको हो।

सूचनामा सम्बन्धित सबै विद्यालयलाई नियमअनुसार मात्र भर्ना प्रक्रिया अघि बढाउन आग्रह गरिएको छ। स्थानीय तह तथा शिक्षा विकास तथा समन्वय एकाइहरूलाई आवश्यक अनुगमन तथा समन्वय गर्न समेत निर्देशन दिइएको छ।

प्रकाशित: ८ चैत २०८२ १४:११ | Sunday, March 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast