इटहरी– भोजपुरमा श्रम संस्कृति पार्टीका ध्रुवराज राई निर्वाचित भएका छन्। उनले १६ हजार ६६३ मत प्राप्त गरी निर्वाचित भएका हुन्।
नेकपा एमालेबाटै विद्रोह गरी उनी श्रम संस्कृति पार्टीमा प्रवेश गरेका थिए। उनी ०७४ को निर्वाचनमा टेम्केमैयुङ गाउँपालिकाको अध्यक्ष थिए। नेकपा एमालेका उम्मेदवार शेरधन राई पराजित भएका छन्। शेरधन ०७९ को निर्वाचनमा सुदन किरातीसँग पराजित भएका थिए। शेरधनले १४ हजार ७५० मत प्राप्त गरे।
नेपाली कांग्रेसका बालकृष्ण थापाले ८ हजार ६७० मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रमेश प्रसाद ओझाले ६ हजार १ सय २ मत ल्याएका छन्।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का अजम्बर राई काङमाङले ५ हजार ७२८ मत ल्याएका छन्।
प्रकाशित: २४ फागुन २०८२ १५:५० | Sunday, March 8, 2026
प्रतिक्रिया





