जुम्लामा राप्रपाका शाहीको अग्रता कायमै, रास्वपाकी विनिताको ९ मत

हिमाल प्रेस २२ फागुन २०८२ १२:०१ | Friday, March 6, 2026
24
SHARES
जुम्लामा राप्रपाका शाहीको अग्रता कायमै, रास्वपाकी विनिताको ९ मत ज्ञानेन्द्र शाही

सुर्खेत- जुम्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्रको जारी मतगणनामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार ज्ञानेन्द्र शाहीले अग्रता कायम राखेका छन्।

हालसम्म १ हजार २४५ मतगणना हुँदा शाहीले ५४१ मत प्राप्त गरेका छन्। उनका निकट प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीका नरेश भण्डारीले ४३५ मत प्राप्त गरी दोस्रो स्थानमा रहेका छन्।

यस्तै नेपाली कांग्रेसका दीपबहादुर शाही ले १५४ मत पाएका छन्।

यसैगरी नेकपा एमालेका शान्तिलाल महतले ७२ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार विनिता कठायतले जम्मा ९ मत प्राप्त गरेकी छन्। मतगणना जारी छ।

प्रकाशित: २२ फागुन २०८२ १२:०१ | Friday, March 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast