झापामा ओलीको धपौडी : आज दमक र गौरीगञ्जका १३ वटा टोलमा पुग्दै

हिमाल प्रेस १३ फागुन २०८२ ९:१८ | Wednesday, February 25, 2026
4
SHARES
झापामा ओलीको धपौडी : आज दमक र गौरीगञ्जका १३ वटा टोलमा पुग्दै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली

काठमाडौँ- निर्वाचन प्रचार प्रसारका आफ्नो निर्वाचन क्षेत्र झापा ५ मा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज दमक र दक्षिणी क्षेत्र गौरीगञ्जका मतदातासँगको भेटघाट गर्दैछन्। बिहान दमक ९ को चियादोकानमा ९:३० बजे मतदाता भेटघाट कार्यक्रम राखिएको छ। पार्टीका झापा जिल्ला सचिव तुलसी कार्कीका अनुसार अध्यक्ष ओली आज मुख्यरूपमा गौरीगञ्ज केन्द्रित हुनेछन्।

गौरीगञ्जमा करिब ७ घण्टामा १२ वटा टोलका मतदतालाई भेटघाट गर्दैछन्। कार्कीका अनुसार ११ बजे देखि सुरु हुने गौरीगञ्जको कार्यक्रम अपराह्न ५ बजे सकिनेछ। उनले गौरीगञ्ज ५ को श्य्यामा टोली,हरिरा,माथिल्लो दिनाभद्री,अल्ताबारी,दुर्गा मन्दिर,नयाँ बजारका मतदतासँग भेटघाट र अन्तरक्रिया गर्नेछन्।

बाह्रशुद्धी, लतिझुला, भवानीपुर र हुक्कागाछीमा मतदाता भेटघाट कार्यक्रम रहेको छ। कार्कीका अनुसार गौरीगञ्ज ३ मा बगुवातेलकानी, ठेकीटोला र तेलकानी टोलहरुमा मतदातासँग भेटघाट राखिएको छ। यसअघि पनि सो क्षेत्रका मतदातासँग भेटघाट गर्नु भएका ओलीले आज पनि सो क्षेत्रका समस्या र मतदाताका गुनासा सुन्ने र समाधानका लागि प्रतिवद्धता जनाएका छन्।

प्रकाशित: १३ फागुन २०८२ ९:१८ | Wednesday, February 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast