रास्वपाको पोखरा र भैरहवा चुनावीसभा स्थगित

हिमाल प्रेस ८ फागुन २०८२ १३:२२ | Friday, February 20, 2026
26
SHARES
रास्वपाको पोखरा र भैरहवा चुनावीसभा स्थगित

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पोखरा र भैरहवाका चुनावीसभा स्थगित गरेको छ।

पार्टीकी सहप्रवक्ता प्रतिभा रावलको भनाइमा भैरहवामा शनिबार र पोखरामा आइतबार सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको थियो। अन्तिम समयमा दुवै कार्यक्रम रोकिएको हो।

रुपन्देही-३ का चुनावी कमाण्डर नारायणप्रसाद भण्डारीले पार्टी केन्द्रबाट सभा स्थगित गर्न निर्देशन आएको बताए। केन्द्रीय कार्यालयले प्रदेश समितिलाई पठाएको पत्रमा संगठनात्मक प्राथमिकता निर्धारण तथा रणनीतिक व्यवस्थापनका कारण हाललाई सभा स्थगित गरिएको उल्लेख छ।

प्रदेशस्तरीय सभाका लागि पत्रकार सम्मेलन, प्रचारप्रसार तथा स्टेज निर्माणको कामसमेत अघि बढिसकेको थियो।

प्रकाशित: ८ फागुन २०८२ १३:२२ | Friday, February 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast