रविले खुलाए सोवितालाई चितवन ल्याउनुका कारण

हिमाल प्रेस ६ फागुन २०८२ १०:४८ | Wednesday, February 18, 2026
4
SHARES
रविले खुलाए सोवितालाई चितवन ल्याउनुका कारण फाइल तस्बिर

चितवन- चितवन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीले अत्यन्तै जरुरी ठानेर सोविता गौतमलाई काठमाडौँ-२ बाट सारेर चितवन-३ मा उम्मेदवार बनाएको दाबी गरेका छन्।

चितवन-३ मा मंगलबार आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उनले चितवनबाट भएको क्रान्तिलाई निर्णयमा बदल्नका लागि सोवितालाई उम्मेदवार बनाएको बताएका हुन्।

सभापति लामिछानेले भने, ‘चितवन त्यस्तो ठाउँ जहाँबाट रगतको थोपो नबगी क्रान्तिको बिगुल फुक्यो। सोविता चितवनमा आउनका लागि ठूलो कारण छ। किनकी चितवनमा क्रान्ति छ। त्यो क्रान्तिलाई निर्णयमा बदल्न सोविता चितवन आउन जरुरी थियो। सोवितालाई चितवनमा ल्याउने निर्णय सिंगो रास्वपाको हो।’

प्रकाशित: ६ फागुन २०८२ १०:४८ | Wednesday, February 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast