यस्तो छ रास्वपा मधेश प्रदेशकी संस्थापक सभापति शर्माले पार्टी छाड्नुका कारण

हिमाल प्रेस ६ फागुन २०८२ १०:४२ | Wednesday, February 18, 2026
14
SHARES
यस्तो छ रास्वपा मधेश प्रदेशकी संस्थापक सभापति शर्माले पार्टी छाड्नुका कारण

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेशकी संस्थापक सभापति ममता शर्माले पार्टी छाडेकी छन्। पार्टी स्थापनाकालीन मूल्य, विधान र सार्वजनिक प्रतिबद्धताभन्दा विपरीत चलिरहेको आरोप लगाउँदै केन्द्रीय महिला तथा सामाजिक विकास विभागकी सदस्यसमेत रहेकी शर्माले रास्वपा परित्याग गरेकी हुन्।

‘राजनीतिमा युवा पुस्ता आउनुपर्छ र जान्नेलाई छान्ने भन्ने मूल नाराले प्रेरित भई म यस पार्टीमा आबद्ध भएकी थिएँ। तर आसन्न फागुन २१ गतेको निर्वाचन सम्बन्धित पार्टीले अवलम्बन गरेको पद्धति, पार्टीको निर्णय तथा कार्यशैली रास्वपाको स्थापनाकालीन मूल्य, पार्टी विधान र सार्वजनिक प्रतिबद्धताभन्दा ठिकविपरीत भएको अनुभव गरेको छु। संगठनमा दिनरात खटिएका क्षमतावान् घण्टी मित्रहरूको योगदानको उचित मूल्यांकन नभएको, विधि र विधानविपरीत क्रियाकलापहरू भएको, पार्टीका सिद्धान्तहरू व्यवहारमा कार्यान्वयन नभएको र मूलत: आर्थिक अनियमितताबाट पार्टीका निर्णयहरू प्रेरित भएकोबाट मेरो आत्मसम्मान र राजनीतिक मूल्यहरूमाथि आँच आउने परिस्थिति बनेको छ,’ उनले भनिन्, यी सबै क्रियाकलापहरूको साक्षी बसेर म अब मौन रहिरहन असमर्थ छु। त्यसकारण आजकै मितिदेखि लागु हुने गरी म यस पार्टीको साधारण सदस्यसमेत नरहने गरी आफ्नो राजीनामा पेस गर्दछु।’

प्रकाशित: ६ फागुन २०८२ १०:४२ | Wednesday, February 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast