चुनावी घोषणापत्र

उज्यालो पार्टीले गर्‍यो विश्वविद्यालय तहको शिक्षा निःशुल्क गर्ने घोषणा

हिमाल प्रेस ३ फागुन २०८२ १६:३७ | Sunday, February 15, 2026
18
SHARES
उज्यालो पार्टीले गर्‍यो विश्वविद्यालय तहको शिक्षा निःशुल्क गर्ने घोषणा

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि उज्यालो नेपाल पार्टीले आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ। पार्टीले शिक्षा क्षेत्रमा महत्वपूर्ण सुधार र पहुँच विस्तारका लागि विभिन्न नयाँ योजनाहरू अघि सारेको छ।

पार्टीले सबै नागरिकलाई विश्वविद्यालय तहको नि:शुल्क शिक्षा सुनिश्चित गर्ने घोषणा गरेको छ। अर्को योजनामा प्लस टू तहको पाठ्यक्रममा ५० प्रतिशत व्यावसायिक सीप विकास अनिवार्य गरिनेछ।

विद्यार्थीहरूले सरकारी र अनौपचारिक क्षेत्रमा १०० दिनसम्मको इंटर्नशिप गर्ने अवसर पाउनेछन्। यसका लागि प्रत्येक विद्यार्थीलाई मासिक रू १० हजार बराबरको ‘श्रमबजार प्रवेश उत्प्रेरणा भत्ता’ प्रदान गरिने व्यवस्था गरिनेछ।

पार्टीले प्रत्येक नवजात शिशुको नाममा रू १५ हजारको शिक्षा बचत खाता खोल्ने व्यवस्था पनि प्रस्ताव गरेको छ। शिशुले १८ वर्ष उमेर पुगेपछि उक्त रकम र ब्याजसहित उच्च शिक्षा र सीप विकासका लागि प्रयोग गर्न सक्नेछन्।

स्मार्ट स्कुल अभियानमार्फत प्रत्येक विद्यालयमा डिजिटल कक्षा, इन्टरनेट र डिजिटल पुस्तकालयसहित १० कक्षासम्म गुणस्तरीय शिक्षा उपलब्ध गराउने योजना रहेको छ।

प्रकाशित: ३ फागुन २०८२ १६:३७ | Sunday, February 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast