संसद् भवन जलाउने कोसिस गरेपछि गोली चल्यो, विध्वंश मच्चाउनेलाई जनताले पत्याउँदैनन् : ओली

हिमाल प्रेस २७ माघ २०८२ ७:५६ | Tuesday, February 10, 2026
2
SHARE
संसद् भवन जलाउने कोसिस गरेपछि गोली चल्यो, विध्वंश मच्चाउनेलाई जनताले पत्याउँदैनन् : ओली मतदातासँग दमकमा ओली।

दमक- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अपराधिक तत्वले आफूमाथि लगाएका आरोप जनताले पत्याउन नसक्ने बताएका छन्। सोमबार झापाको गौरीगञ्जको देवीगञ्जमा स्थानीय मतदातासंगको छलफलका क्रममा अध्यक्ष ओलीले भाद्र २३ र २४ गते जेनजीहरुको आन्दोलनमा अपराधिक तत्वहरु घुसेर बिध्वंस मच्चाएको र तिनै अपराधीक तत्वहरुले उल्टै आफूमाथि गोली चलाएर मान्छे मारेको आरोप लगाउने गरेको बताएका हुन्।

तत्कालीन प्रधानमन्त्रीको हैसियतमा आफूले कसैलाई पनि गोली चलाउन आदेश नदिएको दोहोर्‍याउँदै अध्यक्ष ओलीले संसद भवन, सिंहदरबार जलाउने कोसिस गरेर प्रहरीलाई गोली चलाउने वातावरण अपराधिक तत्वले नै बनाएको धारणा राखे।

ओलीले मुलुकको विकासका लागि एमालेले सबैभन्दा धेरै काम गरेको दाबी समेत गरे। गोवर र गुँईठा बाल्नुपर्ने अवस्थाबाट विकास गरेर बिजुली बाल्ने अवस्थामा पुग्नुपर्छ भन्दा केहीले तोडमोड गरेको भन्दै उनले आपत्ति जनाए। उनले नेपालमा ग्यास उन्खनन भइसकेको भन्दै अब त्यसलाई सदुपयोग गरेर घर–घरमा पाइपबाट वितरण गर्नुपर्ने बताए।

प्रकाशित: २७ माघ २०८२ ७:५६ | Tuesday, February 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast