खुला विश्वविद्यालयका ५४५ विद्यार्थी दीक्षित, प्रधानमन्त्री कार्कीले के भनिन्?

हिमाल प्रेस ११ माघ २०८२ १३:५६ | Sunday, January 25, 2026
30
SHARES
खुला विश्वविद्यालयका ५४५ विद्यार्थी दीक्षित, प्रधानमन्त्री कार्कीले के भनिन्?

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले आज नेपाल खुला विश्वविद्यालयको पहिलो दीक्षान्त समारोहमा ५४५ विद्यार्थीलाई दीक्षित गरेकी छन्।

प्रधानमन्त्री कार्कीले स्नातक र स्नातकोत्तर तहमा उत्कृष्ट नतिजा ल्याउने  विद्यार्थीलाई कुलपति पदकसमेत प्रदान गरेकी थिइन्।

दीक्षान्त समारोहमा शिक्षाविद् तथा त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमा प्रमुख अतिथि रहेका थिए।

प्रधानमन्त्री कार्कीले विद्यार्थीहरूलाई स्वदेशमै बसेर अवसरको खोजी गर्न र मुलुकको निर्माणमा सक्रिय भूमिका खेल्न आह्वान गरिन्।

उनले समस्याबाट भाग्ने नभइ आफैँ डटेर सामना गर्नुपर्नेमा जोड दिइन्। अवसर नभएका ठाउँमा नयाँ अवसर सिर्जना गरेर नेपालले गर्व गर्न सक्ने जिम्मेवार नागरिक बन्न उनले आग्रह गरिन्।

खुला विश्वविद्यालय २०७३ सालमा स्थापना भएको हो र हाल यसले स्नातक, स्नातकोत्तर, एमफिल र विद्यावारिधि तहमा शिक्षा प्रदान गर्दै आएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast