विद्यालयसम्बन्धी केन्द्रको यस्तो निर्देशन

हिमाल प्रेस ११ माघ २०८२ १३:०९ | Sunday, January 25, 2026
82
SHARES
विद्यालयसम्बन्धी केन्द्रको यस्तो निर्देशन

भक्तपुर- शिक्षा तथा मानव स्रोत विकास केन्द्र, विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाले विद्यालयमा निर्माण हुने पूर्वाधारसम्बन्धी डिजाइन ड्रइङ्गमा नयाँ निर्देश जारी गरेको छ।

विद्यालयमा निर्माण हुने पूर्वाधारमा लागु हुने प्रावधानहरूको व्यवस्था मिलाइसकिएको र अब यसमा प्रतिकूल नहुने गरी स्थानीय सरकारको स्वीकृति आवश्यक हुने केन्द्रले जनाएको छ।

सूचना अनुसार स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ (छ) अनुसार सबै विद्यालयले आफ्ना पूर्वाधार निर्माण कार्य अघि बढाउनअघि स्थानीय तहबाट स्वीकृतिका साथ कार्य गर्नुपर्नेछ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र स्थानीय तहहरूलाई समेत यस निर्देशको पालना गर्न निर्देशन दिइएको छ।

प्रकाशित: ११ माघ २०८२ १३:०९ | Sunday, January 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast