पश्चिमी भूभागमा निरन्तर वर्षा, कुन कुन जिल्लामा भइरहेछ माघे झरी? [जिल्ला र मापन गरिएको वर्षासहित]

हिमाल प्रेस ११ माघ २०८२ ७:०३ | Sunday, January 25, 2026
18
SHARES
पश्चिमी भूभागमा निरन्तर वर्षा, कुन कुन जिल्लामा भइरहेछ माघे झरी? [जिल्ला र मापन गरिएको वर्षासहित] फाइल तस्बिर

काठमाडौँ- जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबारदेखि देशको पश्चिमी भूभागमा वर्षा भइरहेको छ। माघे झरीका कारण देशको तापक्रम घटेर चिसो बढेको छ। हिमाली भेगमा बाक्लो हिमपात भएकको छ। तर अब निरन्तर वर्षा कायम रहिरहनेछैन।

विभागका अनुसार पछिल्ला २४ घण्टामा सबैभन्दा बढी जाजरकोटमा २९ मिलिमिटर र डडेलधुरामा २८ दशमलव आठ मिलिमिटर वर्षा भएको छ । यो मध्यम वर्षा हो।

दार्चुलामा १७ दशमलव आठ, बैतडीमा २६, डोटीमा २०, बझाङमा १६ दशमलव दुई, कञ्चनपुरमा नौ दशमलव चार, अछाममा १२ दशमलव छ, कालीकोटमा १९ दशमलव चार, दैलेखमा १४ दशमलव तीन, जुम्लामा १२ दशमलव सात, मुगुमा १२, डोल्पामा १३ दशमलव पाँच मिलिमिटर वर्षा भएको विभागको अभिलेखमा उल्लेख छ।

विभागका अनुसार बागलुङ, म्याग्दी, रुकुमपूर्व, रोल्पा, दाङ बाँके, बर्दिया, सुर्खेत, गुल्मीलगायत जिल्लामा पनि हल्का वर्षा र हिमपात भएको छ।

प्रकाशित: ११ माघ २०८२ ७:०३ | Sunday, January 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast