काठमाडौँ- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफूले मेयर पद छाडेको दुई दिनमै धरानमा पानी अभाव भएको बताएका छन्। धरान उपमहानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर साम्पाङ अहिले प्रतिनिधिसभाको सदस्यमा उम्मेदवारी दिएका छन्।
उनी सुनसरी १ बाट उम्मेदवारी दिएका छन्। उनी अहिले सामाजिक सन्जालमार्फत आफ्नो प्रचार गरिरहेका छन्। उनले मेयर पदबाट राजीनामा दिए पछि मेयरमा रहदाका कुरालाई प्रचारको माध्यम बनाएका हुन्। उनी यसअघि मेयर पदमा पानीको एजेन्डा लिएर चुनाव जितेका थिए।
प्रकाशित: १० माघ २०८२ ९:४१ | Saturday, January 24, 2026
प्रतिक्रिया





