पौवादुङमाका १० सामुदायिक विद्यालयमा शून्य शैक्षिक गरिबी कार्यक्रम

हिमाल प्रेस ९ माघ २०८२ ८:१७ | Friday, January 23, 2026
6
SHARES
पौवादुङमाका १० सामुदायिक विद्यालयमा शून्य शैक्षिक गरिबी कार्यक्रम एक सामुदायिक विद्यालय। फाइल तस्बिर ।

भोजपुर- सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्दै आधारभूत तहका बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यसहित पौवादुङमा गाउँपालिकामा ‘शून्य शैक्षिक गरिबी कार्यक्रम’ सञ्चालन भएको छ।

सन् २०३० सम्ममा गाउँपालिकाभित्रको शैक्षिक गरिबीलाई पूर्ण रूपमा अन्त्य गर्ने दीर्घकालीन लक्ष्यसहित कार्यक्रम सञ्चालन भएको हो।

पौवादुङमा गाउँपालिका र युनाइटेड वल्र्ड स्कुलबीचको साझेदारीमा गाउँपालिकाभित्रका १० वटा सामुदायिक विद्यालयमा यो कार्यक्रम सञ्चालन भएको छ।

सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको भाषिक क्षमता र गणितीय ज्ञान अभिवृद्धि गर्दै समग्र शैक्षिक गुणस्तर सुधारमा कार्यक्रम केन्द्रित भएको युनाइटेड वल्र्ड स्कुल, कोशी प्रदेशका संयोजक विक्रम भट्टराईले बताए।

दश वटा विद्यालयका कक्षा १, २ र ३ का विद्यार्थीमा भाषिक ज्ञान ४६ प्रतिशत र गणितीय ज्ञान आठ प्रतिशत मात्र रहेको पाइएको जानकारी दिँदै उनले आगामी पाँच वर्षसम्म कार्यक्रम कार्यान्वयन हुने बताए। कार्याक्रम अभिभावकसँगको समन्वयमा गरिने छ।

यसैबीच, पौवादुङमा गाउँपालिकाका अध्यक्ष किरण राईले सामुदायिक विद्यालयको शैक्षिक सुधार आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन्।

उक्त कार्यक्रमका लागि पालिकाले रु ३५ लाखको लागत साझेदारी गरेको छ। गाउँपालिकाका सबै ३२ वटा सामुदायिक विद्यालयको शैक्षिक सुधार पालिकाको लक्ष्य भएको उनले बताए।

जिल्लाका ९ वटा स्थानीय तहमध्ये हाल ‘शून्य शैक्षिक गरिबी कार्यक्रम’ पौवादुङमा गाउँपालिका र षडानन्द नगरपालिकामा मात्र सञ्चालन भएको छ।

प्रकाशित: ९ माघ २०८२ ८:१७ | Friday, January 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast