नियुक्तिको एक महिनापछि आनी छोइङ डोल्माले गरिन् पदग्रहण

हिमाल प्रेस २ मंसिर २०८३ १७:०० | Wednesday, November 18, 2026
नियुक्तिको एक महिनापछि आनी छोइङ डोल्माले गरिन् पदग्रहण

बुटवल- लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष आनी छाेइङ डाेल्माले पद सम्हालेकी छन्। नियुक्ति भएको एक महिनापछि उपाध्यक्ष आनीले बुधबार पदग्रहण गरेकी हुन्। उनले लुम्बिनीस्थित मायादेवी मन्दिरमा पूजा पनि गरिन्।

सरकारले गत ३० असोजमा बसेको मन्त्रिपरिषद् बैठकबाट भिक्षुणी तथा प्रसिद्ध गायिका डोल्मालाई कोषको उपाध्यक्षमा नियुक्त गरेको थियो। लुम्बिनी विकास कोष ऐन, २०४२ को दफा ८ अनुसार उनको कार्यकाल ५ वर्षको हुनेछ।

उनको नियुक्तिलाई लिएर लुम्बिनी बचाउन अभियानले विरोध गर्दै आएको थियो। नागरिकता र सम्पत्तिसम्बन्धी विषय उठाउँदै नियुक्ति खारेजीको माग गर्दै अभियानले निरन्तर प्रदर्शन गर्दै आएको छ।

तर विरोधकै बीच उनले पदग्रहण गरेकी हुन्। यसअघि उनले आफू सत्कर्ममा विश्वास गर्ने र टाउकोले टेकेर जिम्मेवारी पूरा गर्ने बताएकी थिइन्। सम्पत्ति शुद्धीकरणको विषय सन् २०१८ मै क्लियर भएको उनको दाबी छ।

कोषाध्यक्षमा नियुक्त भएका रमेश शेखर बज्राचार्य पूर्व एआईजी हुन्।

प्रकाशित: २ मंसिर २०८३ १७:०० | Wednesday, November 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast