ओलीको गृह क्षेत्रकै एमाले नेताले छाडे पार्टी, बालेनको अभियानमा सक्रिय

हिमाल प्रेस ७ माघ २०८२ १२:२२ | Wednesday, January 21, 2026
20
SHARES
ओलीको गृह क्षेत्रकै एमाले नेताले छाडे पार्टी, बालेनको अभियानमा सक्रिय

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह क्षेत्रका युवा नेताले पार्टी परित्याग गरेका छन्। एमाले निकट राष्ट्रिय युवा संघ नेपाल, दमक नगर कमिटीको अध्यक्ष छवि खतिवडा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता एवं झापा ५ का उम्मेदवार बालेन शाहको अभियानमा लागेका छन्।

यो क्षेत्रमा आगामी निर्वाचनमा ओली र बालेन नै प्रतिस्पर्धा गर्दैछन्। उनले भोट फर चेन्ज भन्दै आफू बालेनको अभियानमा लागेका छन्। ‘आज मिति २०८२ माघ ७ गतेबाट म छवि खतिवडा राष्ट्रिय युवा सङ्घ नेपाल, दमक नगर कमिटीको अध्यक्ष तथा नेकपा (एमाले) को संगठित सदस्य पद परित्याग गर्दै परिवर्तनलाई आत्मसात् गरी झापा–५ का उम्मेदवार बालेन शाहको चुनावी अभियानमा साथ–समर्थन जनाउँदै बाँकी स्वतन्त्र राजनीतिक जीवन बिताउने निर्णय गरेको छु।’ उनले भनेका छन्।

https://www.facebook.com/xabi.khatiwoda

 

प्रकाशित: ७ माघ २०८२ १२:२२ | Wednesday, January 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast