बुटवल- रुपन्देही क्षेत्र नम्बर २ मा रास्वपाबाट शुलभ खरेलले उम्मेदवारी दर्ता गरेका छन्।
पार्टीले पहिला ई. आशिष सुवेदीलाई टिकट दिए पनि उम्मेदवारी दर्ताको अन्तिम चरणमा खरेललाई टिकट दिएको थियो।
यसअघि एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले रुपन्देही २ मा उम्मेदवारी दर्ता गराएका छन्। यो क्षेत्र पौडेलले २०६४ देखि लगातार निर्वाचन जित्दै आएको क्षेत्र हो।
सो क्षेत्रमा कांग्रेसका चुन्नुप्रसाद पौडेलले पनि उम्मेदवारी दर्ता गराएका छन्।
प्रकाशित: ६ माघ २०८२ १६:४६
प्रतिक्रिया



