सांसद बन्ने प्रतिस्पर्धामा चार पूर्वप्रधानमन्त्री

हिमाल प्रेस ६ माघ २०८२ १६:४६
14
SHARES
सांसद बन्ने प्रतिस्पर्धामा चार पूर्वप्रधानमन्त्री

काठमाडौँ- प्रतिनिधिसभा सदस्य बन्नका लागि चार जना पूर्वप्रधानमन्त्री मैदानमा उत्रिएका छन्। फागुन २१ गते हुने निर्वाचनका लागि उनीहरूले आफ्नो निर्वाचन क्षेत्रमा पुगेर सोमबार उम्मेदवारी दर्ता गराएका हुन्।

उम्मेदवारी दर्ता गराउने पूर्वप्रधानमन्त्रीहरूमा केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, डा. बाबुराम भट्टराई र माधवकुमार नेपाल छन्।

नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीले झापा निर्वाचन क्षेत्र ५ बाट उम्मेदवारी दिएका छन्। उनलाई उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बालेन साहले चुनौती दिएका छन्। यसैगरी कांग्रेसका केशवराज पाण्डे र नेकपाका रञ्जित तामाङ ओलीका अर्का प्रतिस्पर्धी हुन्।

अर्का पूर्वप्रधानमन्त्री डा. भट्टराईले प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट गोरखा निर्वाचन क्षेत्र २ मा उम्मेदवारी दिएका छन्। उनीसँग नेकपाका लेखनाथ न्यौपाने, रास्वपाका कवीन्द्र बुर्लाकोटी, कांग्रेसका प्रकाशचन्द्र दवाडी र नेकपा एमाले चक्रे मिलन भनेर चिनिने मिलन गुरुङ प्रतिस्पर्धामा छन्।

अर्का पूर्वप्रधानमन्त्री नेकपाका संयोजक प्रचण्डले रुकुम पूर्वबाट उम्मेदवारी दिएका छन्। उनीसँग प्रलोपाका सन्दीप पुन, कांग्रेसकी कुसुमदेवी राना मगर र एमालेका लीलामणि गौतम मैदानमा उत्रिएका छन्।

नेकपाका सहसंयोजकसमेत रहेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले रौतहट निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका छन्। उक्त क्षेत्रमा एमालेबाट गौर नगरपालिकाका पूर्व मेयर अजयकुमार गुप्ता, जनता समाजवादी पार्टीका नेता योगेन्द्र राय यादव र नेपाली कांग्रेसका अनिलकुमार झा प्रतिस्पर्धामा छन्।

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र झलनाथ खनाल भने यसपल्ट चुनावी प्रतिस्पर्धामा उत्रिएका छैनन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast