डरत्रास नराखी ढुक्क भएर आफूविरुद्ध चुनावी प्रतिस्पर्धा गर्न ओलीको सुझाव

हिमाल प्रेस ५ माघ २०८२ १८:०० | Monday, January 19, 2026
34
SHARES
डरत्रास नराखी ढुक्क भएर आफूविरुद्ध चुनावी प्रतिस्पर्धा गर्न ओलीको सुझाव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली

काठमाडौँ- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले डरत्रास नराखी ढुक्क भएर आफूविरुद्ध चुनावी प्रतिस्पर्धा गर्न विपक्षी उम्मेदवारहरूलाई सुझाव दिएका छन्।

सोमबार गृहजिल्ला झापा पुगेका ओलीले झापाको दमकमा आयोजित पत्रकार भेटघाटका क्रममा आफूहरू अरू जस्तो डरत्रासको राजनीति नगर्ने भन्दै आफूविरुद्ध ढुक्कले प्रतिस्पर्धा गर्न सुझाव दिएका हुन्।

चर्चा होस् भनेर आफूहरूविरुद्ध उम्मेदवारी दिन चाहनेहरू देखिएको भन्दै ओलीले चुनावी प्रतिस्पर्धालाई स्वाभाविकरूपमा लिएको धारणा राखे।

उनले आफूले झापामा शिक्षा, स्वास्थ्य, खानेपानीलगायत पूर्वाधार विकासमा असाधारण विकास भएको दाबी गरे।

प्रकाशित: ५ माघ २०८२ १८:०० | Monday, January 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast