सुनसरीमा रास्वपाबाट क-कसले पाए टिकट?

हिमाल प्रेस ५ माघ २०८२ १५:१८ | Monday, January 19, 2026
20
SHARES
सुनसरीमा रास्वपाबाट क-कसले पाए टिकट?

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुनसरीका तीन वटै क्षेत्रमा उम्मेदवारी टुंग्याएको छ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुनसरी निर्वाचन क्षेत्र नं. १ मा गोमा तामाङ, २ मा लालविक्रम थापा र ३ मा अशोककुमार चौधरीले टिकट पाएका हुन्।

चौधरी पूर्वसांसदसमेत हुन्। तामाङ पार्टीको कोशी प्रदेश उपसभापति र थापा प्रदेश महामहान्त्री हुन्।

तामाङले यसअघिको निर्वाचनमा थोरै मतले मात्रै पराजित भएकी थिइन्। जसपा नेपालबाट निर्वाचित भएका अशोककुमार राईले १७ हजार ५९ मत ल्याउँदा तामाङले १६ हजार ६०६ भोट ल्याएकी थिइन्।

यता क्षेत्र नं. २ मा थापाले १९ हजार ३९१ मत ल्याउँदा निर्वाचित भएका एमालेका भीमप्रसाद आचार्यले ३२ हजार २४ मत ल्याएका थिए।

चौधरी भने समानुपातिक सांसद बनेका थिए।

प्रकाशित: ५ माघ २०८२ १५:१८ | Monday, January 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast